गोर्खा राइफल्स रेजिमेन्ट ९ का कर्णेल कक्करद्वारा नेपाल भ्रमण

काठमाडौं । मध्यउत्तर प्रदेश सब एरियाका जनरल कमाण्डिङ अफिसर तथा भारतीय सेना गोर्खा राइफल्स रेजिमेन्ट ९ का कर्णेल उपरथी आलोक कक्करले नेपाल भ्रमण गरेका छन् ।

कर्णेल उपरथी कक्कर नेपालको छ दिने भ्रमणका लागि असोज ८ गते काठमाडौं आएको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कक्करले आइतबार भ्रमण सम्पन्न गरेका छन् ।

नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमितकुमार शर्मा र भारतीय राजदूतावासका अधिकारीले उपरथी कक्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

कक्करले पोखरामा आयोजित कार्यक्रमका बीच वीरता पुरस्कार विजेता गोर्खा सैनिक र वीर नारीलाई सम्मान गरेका छन् ।

उपरथी कक्करले भोेजपुरमा निर्मित भूपू सैनिक कल्याणकारी स्वास्थ्य कार्यक्रम (इसिएचएस) टाइप ई पोलिक्लिनिक (मोबाइल मेडिकल युनिट)को काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन गरेका छन् ।

पोलिक्लिनिक भोजपुरको दुर्गम क्षेत्र र वरपर बसोबास गर्ने भूपू भारतीय सैनिक र उनीहरूका परिवारका लागि महत्वपूर्ण हुनेछ ।

पोलिक्लिनिकले सुदूरपूर्व क्षेत्रका ५ हजारभन्दा बढी भूपू भारतीय सैनिक र उनीहरूका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

Published : Sunday, 2023 October 1, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया