संघीयता कार्यान्वयनका लागि तीन तहले काम गरेर परिवर्तन देखाउनुपर्छ : मुख्यमन्त्री चौधरी
मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकासमा जनताको पहुँच पुर्याएर जानुपर्ने बताएका छन् ।
बिहीबार देउखुरीमा आयोजित कार्यक्रममा उनले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहले विकासका काम गरेरै परिवर्तन देखाउनुपर्ने बताए ।
मुख्यमन्त्री चौधरीले तीन तहका सरकारले पूर्ण अधिकार प्रयोग गरी संघीयताको मर्मअनुसार काम गरेर मुलुकलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले संविधानबमोजिम अधिकार सबैले प्रयोग गरी विकास र आर्थिक समृद्धिका काम गरेर जनताको विस्वाश हराउन दिन नहुने बताए ।
उनले चुनौती र आलोचनाबाट नअलमलिई कामलाई अगाडि बढाउनुको विकल्प नभएको बताएका छन् ।
कार्यक्रममा लुम्बिनीका पूर्वमुख्यमन्त्री लीला गिरी, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु यादव, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसी, लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्याललगायतको उपस्थिति थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया