बालकोटमा विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । बालकोट स्वास्थ्य चौकीले मुटु रोग र जनरल चेकअप सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं. २ स्थित बालकोट स्वास्थ्य चौकीमा मुटु रोगको नि:शुल्क ईसीजीसहितको स्वास्थ्य परीक्षण गरिएको हो ।

मुटु रोग विशेषज्ञ डा.गोपाल सुवालद्वारा स्क्रिनिङ्गसहित स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरबाट कुल १५० जना वडावासीलाई स्वास्थ्य सेवा लिएका छन् ।

डा.सुवालले स्वास्थ्य शिविरमा वडाबासीको स्वास्थ्य चेकअप गरेर सेवा गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।

स्वास्थ्य शिविर कार्यका सहयोगी मन एवम् संस्थाहरू आयु सुपर स्पेशियालिटी क्लिनिक गठ्ठाघर र जनरल चेकअप गर्ने चिकित्सकसहितको मध्यपुर थिमि हस्पिटल साथै व्यवस्थापनलाई सफल बनाउन बालकोट स्वास्थ्य चौकीका प्रमुख पुण्यप्रसाद काफ्लेले विशेष सहयोग गरेका थिए ।

स्वास्थ्य शिविरमा सहयोग गर्ने सबै स्वास्थ्यकर्मी एवम् वडाका कर्मचारीहरूलाई बालकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष प्रदीप कार्कीले धन्यावाद दिएका छन् ।

Published : Sunday, 2023 October 15, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया