सशस्त्रले भूकम्प प्रभावित जिल्लामा टेन्टसहित ३ वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठायो
काठमाडौं । भूकम्प पीडितहरूको लागि सशस्त्र प्रहरी बल नेपालले तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट पठाएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आइतबार बिहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिडेको विज्ञप्तिमा उल्लेख ।
काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर ठाइएको जनाएको छ ।
यसअघि भूुकम्प पीडितहरूको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाइसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया