भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा
काठमाडौं । जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अंगभंग भएकाहरूको उपचारको लागि सशस्त्र प्रहरी बल नेपालबाट डा.रोशन पराजुली र डा.निश्चल घिमिरेको कमाण्डमा दुई वटा स्वास्थ्यकर्मीको टोली परिचालित भएको छ ।
डा.रोशन पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिम जिल्लाको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरूको उपचार गरिरहेको छ ।
डा.निश्चल घिमिरेको टोलीले जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
भूकम्पपश्चात नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौंबाट डा. रोशन पराजुलीको कमाण्ड ९ जना रुकुम पश्चिमको लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा.निश्चल घिमिरेको कमाण्डमा ४ जनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटको लागि खटिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया