दाङमा सशस्त्र प्रहरीका जवानको गोली हानेर हत्या गर्ने शेरबहादुर पक्राउ

घोराही । दाङमा गोली हानेर सशस्त्र प्रहरी बल नेपालका जवान जुगारु चौधरीको हत्या गर्ने ५५ वर्षीय शेरबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिकाको वडा नं. ७ हर्नियाका चौधरीको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।

बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।

मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं। २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

000

घोराही, दाङ
कन्ट्रोल: १००
फोन: ०८२-५६०१९९
०८२-५६२३६३
९८५७८९०१०१
ईमेलः- [email protected]
[email protected]

हातहतियार खरखजाना तथा कर्तव्य ज्यान कसूरमा मानिस पक्राउ ।
मिति २०८०।०७।२३ गते दिउसो १५:३० बजेको समयमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.०५ स्थित रहेको जनसेवा सामुदायिक वनमा मालुकाको पात टिप्न गएका ऐ.ऐ. वडा नं.०७ हनरियाटोल बस्ने बर्ष २८ को जुगरू चौधरी मृत्यु भएको अवस्थामा फेला परेको छ भन्ने सुचना प्राप्त पश्चात घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. ०५ बरलाबोट टोल बस्ने बर्ष ५५ को शेर बहादुर के.सी.ले भरुवा बन्दुकबाट गोली हानी निज जुगरू चौधरीको हत्या गरी तत्काल फरार रहेको खुल्न आएकोले निज शेर बहादुर के.सी. को खोजतलास गर्ने क्रममा मिति २०८०।०७।२४ गते निज शेर बहादुर के.सी. लाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको । उक्त घटना पश्चात निजले लुकाई छिपाई राखेको खाली अवस्थामा रहेको भरुवा बन्दुक थान-१ सोही बन्दुकमा प्रयोग हुने सिसाको छर्रा थान-१७८, बारुद २ डिब्बा (१६६ ग्राम ७१० मिलिग्राम ), सुतिको कपडाको टुक्रा (लत्ता ) ५ थान, रगत जस्तो रातो पदार्थ लागेको रातो रङको पछ्यौरा थान-१, तिर लेखेको सलाई थान- २ सोही भरुवा बन्दुक फायर गर्न प्रयोग हुने केप थान-६ समेत जिल्ला दाङ घोराही उप-माहानगरपालिका वडा नं. ५ ठाँटीडाँडा वनको ठाँटी खोल्सामा रहेको ओडार भित्रबाट बरामद गरी नियन्त्रणमा लिई निज शेर बहादुर के.सी. उपर हातहतियार खरखजाना तथा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भईरहेको ।
फोटो :

मिति : २०८०।०७।२५ गते । सूचना अधिकारी
( जनक बहादुर मल्ल )
प्रहरी नायव उपरीक्षक

Published : Saturday, 2023 November 11, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया