बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आईबीसीका नवनिर्वाचित अध्यक्ष डा.लामाको निम्तो

काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आईबीसी)का नवनिर्वाचित अध्यक्ष डा.ल्यारक्याल लामाले बुद्धको पवित्र जन्मभूमि लुम्बिनी घुम्न आउन विश्वभरका बुद्धमार्गीहरूलाई अपील गरेका छन् ।

भारतको नयाँदिल्लीमा सम्पन्न तेस्रो विश्व बौद्ध शिखर सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि डा.लामाले विश्वभरिका बौद्धमार्गीहरूलाई लुम्बिनीको भ्रमणका लागि निम्तो दिएका हुन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष समेत रहेका डा.लामाले आफूलाई विश्वास गरेर आईबीसीको गरिमामय पदमा निर्वाचित गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य राष्ट्र र प्रतिनिधिलाई विशेष धन्यवाद दिएका छन् ।

आईबीसीको अध्यक्ष पदमा निर्वाचित भएपछि सम्मेलनलाई सम्बोधन गर्दै डा.लामाले धन्यावाद दिएका हुन् । उनले आईबीसीको गरिमा र महत्व बढाउन सबैको सहयोग लिएर नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाले आईबीसीको स्थापनाकाललाई स्मरण गर्दै हालको अवस्थासम्म ल्याउन सहयोग गर्ने भारत सरकारलाई विशेष धन्यवाद दिएका छन् ।

सम्मेलनमा विश्वभरका बुद्धमार्गी तथा सरकारका प्रतिनिधिहरूको उपस्थिति रहेको छ । आईबीसीको स्थापना सन् २०११ भएको थियो । डा.लामा स्थापनाकालदेखि समितिमा छन् ।

आईबीसीको सचिव पदमा समेत काम गरेका डा.लामालाई सम्मेलनले तेस्रो शिखर सम्मेलनले अध्यक्षमा निर्वाचित गरेको छ ।

आईबीसी भारत सरकारको मातहतमा रहेको छ । आईबीसीले सय करोडभन्दा धेरै बुद्धिष्टहरूलाई एकताबद्ध गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरू अगाडि बढाउँदै आएको छ ।

आईबीसीले बुद्धिष्टसंग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरूको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरूको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ ।

बुद्धदर्शनको विकास साथ–साथै संसार भर छरिएररहेका बुद्धधर्म अवलम्बीहरूमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वभाविक अवस्था आउन नदिन आईबीसीले विशेष भूमिका खेल्नेछ ।

आईबीसीमा आबद्ध ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरू रहेका छन् ।

Published : Thursday, 2023 November 30, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया