सभापति देउवाको निर्देशनमा कार्यहरू गर्दै नेता कार्यकर्ता, समस्याका बेला जनतालाई साथ दिँदै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको ‘भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट १००० अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धताअनुसार कार्यहरू गरिरहेको जनाएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले पहिलो चरणमा कात्तिक २२ गतेदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जाजरकोट तथा रुकुम पश्चिम पुगेर घर टहराहरू निर्माणको कार्यको शुरुवात गरेको जनाएको छ ।
त्यस यता निरन्तर यस अभियानमा नेतृत्व, समन्वय र सहजिकरण गर्ने केन्द्रीय सदस्यहरू, स्थानीय संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका साथीहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका साथीहरू र अन्य सहयोगी तथा स्वयंसेवी साथीहरूलाई समितिले धन्यावाद दिएको छ ।
अस्थायी घर टहरा निर्माणको दोस्रो चरण मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म जारी रहने कांग्रेसले जनाएको छ ।
‘यस अबधिमा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली रहनेछन्’, विज्ञप्तिमा भनिएको छ ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली खटिनेछन् भने लुम्बिनी प्रदेशका सवै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिने समितिले जनाएको छ ।
घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई सोही अनुसार नि:शुल्क रुपमा घर टहरा निर्माण कार्य सम्पन्न गर्नेछन् ।
सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावित जिल्लाहरूमा जनतालाई घर टहराहरू नि:शुल्क बनाएर हस्तान्तरण गर्न निर्देशन दिएका थिए । सोही निर्देशानुसार कांग्रेसले टोलीहरू खटाएर घर टहराहरू बनाउँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया