सह–सचिव सेवा लम्सालको सचिव पदमा बढुवा
काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयकी सह–सचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लम्सालको बढुवा भएको छ ।
सरकराले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
सरकारले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
Published : Thursday, 2023 December 14, 10:56 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया