संसदीय सुनुवाईमा सर्वाेच्च अदालतका दुई न्यायाधीशद्वारा कार्ययोजना पेश

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका दुईजना न्यायाधीशको संसदीय सुनुवाइ गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्चका प्रस्तावित न्यायाधीश उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ गरेको छ । पौडेल र ढुङ्गानाले भावि कार्ययोजना प्रस्तुत गरेका छन् ।

यसअघि सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ ।

सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुने समितिले जनाएको छ ।

Published : Sunday, 2023 December 17, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया