सीमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन : काेइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरणमा चाहेर पनि सबैलाई न्याय गर्न नसकेको बताएका छन् ।
साेमबार काेइरालाले टिकट न्यायोचितरुपमा वितरण गर्न नसकिएको समेत स्वीकार गरेका छन् । उनले भने, ‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो इतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सूची लामो थियो ।’
कोइरालाले लेखेका छन्, ‘यसर्थ सीमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव । तर पनि पार्टीमा अवसरको समान बितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ ।’
नेता कोइरालाले आफूहरुले चनाखो भएर प्रस्तुत हुँदा पनि पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रक्रियालाई प्रभावित गर्ने शक्तिहरुका कारण सबैलाई न्याय गर्न नसकेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया