ललितपुरसहित विभिन्न स्थानमा पाँच जना मृत भेटिए
काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–१६ मंगलबजार नकबहिलस्थित ग्रिन तारा हेरिटेज होम होटल एण्ड लजमा विगत १ वर्षदेखि बस्दै आएकी जर्मन नागरिक ६० वर्षीया सोमबार मृत अवस्थामा फेला फेला परेकी छन् ।
ललितपुरको गोदावरी नगरपालिका–२ गोदावरी कान्लेचौर घर भई सोही ठाउँस्थित ससुराली घरमा बस्दै आएका ६२ वर्षीय कमल तामाङ रुम्बा शौचालयमा मृत अवस्थामा फेला परेका छन् ।
गोदावरी नगरपालिका–१८ चोभार भन्ज्याङमा हाल पहिचान खुल्न नसकेको बालिका नवजात शिशुको शव सोमबार फेला परेको छ ।
दार्चुलाको नौगाड गाउँपालिका–४ गोठ्यौडी खोलामा सोही गाउँपालिका–५ परगैरा बस्ने ३२ वर्षीया छुचा धामी सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ मातेस्थित तमोर नदीमा पाँचथर याङबरक गाउँपालिका–६ नागी बस्ने २६ वर्षीया यमुना चापागाई सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
आइतबार दिउँसो यमुनाले उनको २५ दिनको छोरा होम नाथ चापागाईलाई खोप लगाउन जान्छु भनी घरबाट हिँडेकी उनी बेलुका अबेरसम्म घर नआएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । होम नाथ चापागाईको प्रहरीले खोजी गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया