नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगतिको समीक्षा

काठमाडौं । नेपाल प्रहरीको कार्ययोजना, २०८० तथा कार्यसम्पादन सम्झौता आ.व. २०८०/०८१ को अर्धवार्षिक कार्य प्रगतिमा समीक्षा भएको छ ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा समीक्षा बैठक भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले समग्रमा कार्यसम्पादन सम्झौता गरिएका कार्यालयहरूबाट सन्तोषजनक कार्य सम्पादन भएतापनि वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी क्रियाकलापको कार्यान्वयनमा कार्यालयहरूबाट कार्य सम्पादनमा थप तीव्रता दिन आवश्यक रहेको बताएका छन् ।

समयसापेक्ष सांगठनिक विकास, प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र समग्रमा संगठनको शुद्धिकरण नै कार्ययोजनाको प्रमुख उद्देश्य रहेको उनले बताएका छन् ।

कुँवरले कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा नै सीमित नराखी तत्काल कार्यान्वयनमा लैजान जिम्मेवार सम्पूर्ण विभाग तथा कार्यालयहरूले जोड दिनुपर्ने बताए ।

Published : Wednesday, 2024 February 7, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया