देउवाले सधैँ गठबन्धन भनेका छैनन्, गगनलाई टक्कर दिने पुस्ताको जन्म

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई निकै अहँकार र घमण्ड बढेको छ ।

आफैलाई साथ दिएका नेताहरूको ढाडमा टेकेर टाउकामा प्रहार गर्दै आएका थापाले आफ्नो पक्षमा माहोल बनाउन निकै मिडियाबाजी र साइबर सेनाहरू परिचालन गरिरहेका छन् । कांग्रेसको महासमितिको बैठक चलिरहेका बेला महामन्त्री थापाले सभापति शेरबहादुर देउवासहित आफूलाई मन नपरेका नेताहरूका बिरुद्ध समाचारहरू लेखाइरहेको आरोप छ ।

महामन्त्री थापाले सामाजिक सञ्जालहरूमा पनि आफू निकटका समर्थकलाई परिचालन गरेर विरोधी नेताहरूको आलोचना गराइरहेका छन् ।

महामन्त्री थापालाई पनि चुनौती दिने नेताहरू कांग्रेसमा जन्म लिइसकेका छन् । थापाले पनि करणीको फल पाउने पक्का छ । मिडिया र टेक्नोलोजीमा थापाभन्दा पनि निकै जानेबुझेको पुस्ता आइसकेको छ । थापाभन्दा पनि राम्रो र प्रखर बोल्न सक्ने पुस्ताले ठाउँ लिन थालिसकेको छ ।

त्यो पुस्ताले अवसर र ठाउँको खोजी गरिरहेको छ । केही व्यक्तिहरू कांग्रेसको नेतृत्व र लाभको पदमा आइसकेका छन् । महामन्त्री थापाले आफूलाई सुधार गरेर व्यक्तिगत भन्दा पनि कांग्रेसको हितमा काम नगर्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ ।

सभापति देउवाले महासमितिको बैठकलाई सफल बनाउन लागेका छन् । सबै नेताहरूलाई एक ठाउँमा ल्याएर राजनीतिकलगायतका प्रतिवेदनहरू महासमितिको बैठकबाट पारित गराउन खोजेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले पनि संशोधनसहित प्रस्तावहरू पारित गरिसकेको छ । केन्द्रीय कार्यसमितिले पारित गरेको प्रतिवेदनहरूका बारेमा महामन्त्री थापाले आफू अनुकूलका समाचार लेखाएर सभापति देउवाविरुद्ध हर्कत र गतिविधिहरू गरिरहेका छन् ।

सभापति देउवाले सधैभरि माओवादी वा अन्य दलहरूसँग गठबन्धन गरेर जानुपर्छ भनेका छैनन् । कांग्रेसको नीति पनि सधैँ गठबन्धन गरेर जानुपर्छ भन्ने छैन । समय परिवेश अनुसार उचित निर्णय लिँदै जानुपर्ने सभापति बुझाइ छ ।

सभापति देउवाले अहिले कांग्रेसलाई सरकारमा पुर्‍याएका छन् । कांग्रेस एक्लैले सरकार बनाउन सक्दैन । चुनावमा कांग्रेसले माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नुपर्ने बाध्याता थियो । कांग्रेसले गठबन्धन गर्दैन थियो भने कांग्रेस खुम्चिएर झन् सानो दल हुने थियो ।

सरकारभन्दा बाहिर पुगेको कांग्रेसलाई सभापति देउवाले सत्तामा ल्याएका छन् । आगामी दिनमा गठबन्धन नहुन पनि सक्छ । परिवेश कस्तो हुन्छ त्यस बेला गठबन्धन गर्नुपर्ने बाध्यता पनि हुन सक्छ ।

सभापति देउवाले सबै राजनीतिक विश्लेषण गर्ने क्षमता राखेकै कारण पटक पटक प्रधानमन्त्री भएका हुन् । सञ्चारमाध्यममा पटर–पटर बोलेर वा जथाभावी नेताहरूको मानमर्दन गरेर प्रधानमन्त्री बन्ने अवसर पाएका होइनन् ।

Published : Tuesday, 2024 February 20, 12:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया