स्वयंसेवक सदस्यहरूसहित सभापति देउवालाई दिए जीतजङ्ग बस्नेतले धन्यवाद
काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् स्वयंसेवक परिचालन उप–समितिका संयोजक जीतजंग बस्नेतले महासमिति बैठकमा सहयोग गर्ने सबै स्वयंसेवाकहरूलाई धन्यावाद दिएका छन् ।
शनिबार प्रेस नोट जारी गरेर बस्नेतले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय कार्यसमितिले विश्वास गरेर स्वयंसेवक परिचालनको जिम्मेवारी दिएकोमा धन्यावाद दिएका छन् ।
उनले भने, ‘यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको नेपाली कांग्रेसको ऐतिहासिक महासमिति बैठकलाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्न अनवरत रुपमा महाधिवेशन स्थलमा खटिनु भएका सम्पूर्ण स्वयंसेवक साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’
स्वयंसेवक परिचालन गर्न सहजीकरण र सहयोग गर्ने नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्र, नेपाल तरुण दलका अध्यक्ष बिद्वान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल भुतपूर्व सैनिक संघका अध्यक्ष मेघराज टण्डन र नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देबेन्द्रकुमार शेरचनलाई पनि बस्नेतले धन्यवाद दिएका छन् ।
‘महासमिति बैठकमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूले स्वयंसेवक साथीहरूको आग्रह स्वीकार गरि स्वयंसेवक सेवामा सहयोग गरीदिनु भएकोमा तपाईंहरूलाई पनि धन्यवाद दिन चाहान्छु’, बस्नेतले भनेका छन् ।
‘मलाई यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्नुहुने नेपाली कांग्रेसका श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यू लागायत सम्पूर्ण केन्द्रीय समिति परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु’, नेता बस्नेतले भनेका छन् ।
महासमितिको बैठकस्थलमा केन्द्रीय सदस्य बस्नेतको संयोजनमा निकै चुस्तदुरुस्त सुरक्षा व्यवस्था रहेको थियो । सम्बन्धित व्यक्ति बाहेक अन्यलाई भित्र प्रवेश गर्न दिइएको थिएन । स्वयंसेवकको कार्यमा तरुण दलको विशेष भूमिका रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया