महाराजगञ्ज– २ का वडाध्यक्ष अली भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू रामबहादुर थापा, खुशीप्रसाद थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले वडाध्यक्ष अलीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।

२०८० चैत १८ गते १५ हजार रुपियाँ घुससहित पक्राउ परेका अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० सालको वैशाख १७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अलीले सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

विशेष अदालतले अलीलाई १५ हजार जरिवाना गराउँदै १ महिना कैद सजाय फैसला गरेको छ ।

Published : Thursday, 2024 June 6, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया