बुद्धिचाल यू-१५ विद्यालय खेलकुद प्रतियोगितामा क-कसले जिते ?

पोखरा । पोखरामा जारी यू – १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत बुद्धिचालका विभिन्न चरणका खेलहरू सम्पन्न भएका छन् ।

पोखरामा जारी बुद्धिचाल प्रतियोगिताको छात्रातर्फको पहिलो चरणको खेलमा बागमती विजयी भएको छ । बाग्मतीले कोशीलाई ३ अंकले जितेको हो ।

छात्रातर्फकै अर्को खेलमा लुम्बिनीले जित्यो । लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंक ल्याई विजयी भएको हो । त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिमबीच भएको खेलमा सुदूरपश्चिमले सोझो सेटमा जित निकाल्दै विजयी हासिल गरेको हो । पहिलो सेटमा कर्णालीले बाइ पाएको थियो ।

बुधबार नै सम्पन्न भएको छात्रातर्फको दोस्रो चरणको खेलमा गण्डकी, लुम्बिनी र बागमती विजयी भयो । सुदूरपश्चिम प्रदेशले बाइ पाएको थियो ।

बुधबार नै भएको छात्रातर्फको तेश्रो राउण्डमा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी भए । बागमती प्रदेशले बाइ पायो ।

बुधबार सम्पन्न भएको छात्रतर्फ खेलमा बागमती प्रदेश विजयी भएको छ । बागमतीले कोशी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । अर्को खेलमा लुम्बिनी प्रदेशले जित हाँसिल गरेको छ ।

लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंकले पराजित गर्दै विजयी भएको हो । अर्को खेलमा सुदूरपश्चिम विजयी भयो । उसले गण्डकी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । उक्त राउण्डमा कर्णालीले बाइ पायो ।
बुधबार सम्पन्न भएको दोश्रो चरणको खेलमा गण्डकी, लुम्बिनी, बागमती विजयी भयो । उक्त राउण्डमा मधेश प्रदेशले बाइ पायो ।

तेश्रो राउण्डमा लुम्बिनी प्रदेश विजयी भयो । उसले कर्णाली प्रदेशलाई ३ अंकले पराजित गर्दै जित हाँसिल गरेको हो । गण्डकी प्रदेशलाई कोशी प्रदेशले ३ अंकले पराजित गर्दै विजयी भयो । त्यस्तै अर्को खेलमा सुदूरपश्चिमले सोझो सेटमा मधेश प्रदेशलाई पराजित गरेको छ । बागमती प्रदेशले बाई पायो ।

Published : Thursday, 2024 June 13, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया