सन्दीपले खातै खोल्न सकेनन्, ट्वान्टी-२० विश्वकपमा नेपालको यात्रा टुंगियो

सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) । लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ ।

बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

टस हारेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९.३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको थियो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटमा ५२ रनको साझेदारी गरे पनि नेपालले अन्तिम ४ विकेट केवल १ रनमा गुमाएको थियो । जितसँगै बंगलादेशले सुपर ‘एट’मा स्थान पक्का गरेको छ ।

टी–२० क्रिकेट विश्वकपमा १०७ रनको झिनो लक्ष्य पनि पछ्याउन नसकेपछि नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा सोमबार बिहान भएको खेलमा नेपालले पूरै ओभर खेल्न सकेन । १९.२ ओभरमा ८५ रन बनाएर अलआउट हुन पुग्यो ।

नेपालले शुरूदेखि नै लगातार विकेट गुमाएको थियो । पावर प्लेको छैटौँ ओभर नसकिँदै चौथो विकेट गुमायो । नेपालले ५.४ ओभरमा चार विकेट गुमायो । यो बेला २४ रन बनाएको थियो ।

कुशल मल्लले सर्वाधिक २७ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २५ रन बनाए । दुई ब्याटरले अर्धशतकीय साझदारी गरे पनि जीत दिलाउन सकेनन् । आरिफ शेखले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् ।

कप्तान रोहित पौडेल र सन्दीप जोराले १–१ जोडे । गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहराले खाता खोल्न सकेनन् । सन्दीप अविजित रहे ।

यसअघि पहिलो पारीमा बंगलादेशविरुद्ध नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । टेस्ट टोली बंगलादेश १०६ रनमै समेटिएको थियो । नेपाली बलरसामु बंगलादेशका ब्याटर निरीह बनेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरा ओभर पनि खेल्न सकेन । १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रनमा सीमित भएपछि नेपालले १०७ रनको झिनो लक्ष्य पाएको थियो ।

सोमपाल कामीले नेपाललाई पहिलो बलमै सफलता दिलाएका थिए । त्यसपछि बंगलादेशले लगातार विकेट गुमायो ।

पछि सोमपालले अर्को विकेट पनि आफ्नो नाममा लेखाए । यस्तै दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले पनि २–२ विकेट लिए ।

यस खेलबाटै नेपालका बलर सन्दीप टी–२० क्रिकेटमा शतक विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । बंगलादेशविरुद्ध २ विकेट लिएपछि सन्दीपले सो सफलता हासिल गरेका हुन् ।

टी–२० मा सबैभन्दा छिटो विकेटको शतक बनाउने कीर्तिमान अफगानिस्तानमा राशिद खानको नाममा छ । उनले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए ।

लेग स्पिनर सन्दीपले ५४ खेलमा विकेटको शतक पूरा गरेका हुन् । खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपालले सोमबार बंगलादेशविरुद्ध विश्वकपको अन्तिम खेल खेलेको हो ।

यसअघि नेपाल नेदरल्यान्ड्स र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । श्रीलंकासँगको खेल भने वर्षाका कारण हुने सकेन दुवै टोलीले १–१ अंक बाँडेका थिए ।

Published : Monday, 2024 June 17, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया