लुम्बिनी प्रदेशसभा सदस्य कलवारलाई पत्नी शोक, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले नवलपरासीका महाधिवेशन प्रतिनिधि एवं नवलपरासी निर्वाचन क्षेत्र नं. २(२) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सदस्य बैजनाथ कलवारलाई पत्नी शोक परेकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गरेर प्रदेशसभा सदस्य कलवारकी धर्मपत्नी ४९ वर्षीया अञ्जनी जैसवालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

नवलपरासी जिल्लामा अञ्जनी जैसवालको जेठ २१ गते निधन भएको थियो । नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. ५, परासी निवासी स्वर्गीय अञ्जनी जैसवालले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

‘नेपाली कांग्रेस उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, शोक वक्तव्यमा भनिएको छ, ‘दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

Published : Saturday, 2024 June 22, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया