लिखुपिके गाउँपालिकाद्वारा २५ करोडको बजेट सार्वजनिक

लिखुपिके । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ करोड, ३८ लाख ७४ हजार ९ सय ९९ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

आइतबार गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतको सभापतित्वमा सम्पन्न सभामा पालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा गाउँपालिका र सशर्त अनुदानतर्फको १३ करोड, २९ लाख ५१ हजार ३ सय ९९ रुपियाँ विनियोजन गरिएको छ ।

पुँजीगत शीर्षकतर्फ भने ११ करोड, ९९ लाख, २३ हजार ६ सय रुपियाँ विनियोजन गरिएको छ ।

आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये ५४ लाख २१ हजार, पूर्वधार र विकासतर्फ ९ करोड ७२ लाख आर्थिक विकासका लागि छुट्याइएको छ ।

पूर्वाधार विकासमा १ करोड ७२ लाख रुपियाँ विनियोजन गरिएको उपाध्यक्ष शेर्पाले बताएका छन् ।

सामाजिक विकासतर्फ ८ करोड ९७ लाख ८८ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागि १४ लाख ६५ हजार ९ सय ९९ रुपियाँ र सुशासन तथा संस्थागत विकास शीर्षकमा ६० लाख रुपियाँ छुट्याइएको छ ।

पालिकाले गत वर्ष २४ करोड बराबरको बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष शेर्पाले बताए ।

इमान्दार र उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको छ । बजेट पास भएपछि अध्यक्ष बस्नेतले बजेटले पालिकाको बृहत्तर विकासमा टेवा पुग्ने प्रतिक्रिया दिएकी छिन् ।

Published : Monday, 2024 June 24, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया