कांग्रेस निकट आदिवासी जनजाति महासंघको महाधिवेशनले गरेको निर्णयहरू

ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन
केन्द्रीय निर्वाचन समिति

ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ स्थापना भएको २६ वर्षपछि ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन “संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन“ मुल नाराका साथ २०८१ असार ११, १२ र १३ गते प्रज्ञा भवन, कमलादी काठमाडौमा सम्पन्न भएको छ ।
ऐतिहासिक प्रथम महाधिवेशन समुदघाटन प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाले गर्नु भयो । समारोहमा उपसभापति एवं पूर्वमन्त्री श्री धनराज गुरुङ, महामन्त्री एवं पूर्वमन्त्री श्री गगनकुमार थापा, महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदेम्बे, पूर्व उपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य एवं आदिवासी जनजाति विभाग प्रमुख दिलमान पाख्रिन, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सीता गुरुङ लागायतका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिहरु, भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुको समेत आतित्थ्यमा उद्घाटन समारोह भएको थियो । महाधिवेशनमा केन्द्रीय तदर्थ समिति, आवद्ध संघ, अध्यक्षबाट मनोनीत एवं १६५ निर्वाचन क्षेत्र निर्वाचित १३२७ जना महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र केन्द्रीय सदस्य एवं आदिवासी जनजाति विभाग प्रमुख दिलमान पाख्रिनलाई सहजीकरण एंव समन्वयको जिम्मेवारी दिएको थियो । विनोद गुरुङको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य कुशुमदेवी थापा मगर र नरेश ताम्राकार सदस्य रहेको निर्वाचन केन्द्रीय समितिले महासंघको विधान २०७९ बमोजिम सर्वसम्मत रुपमा केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।
निर्वाचित केन्द्रीय कार्यसमिति

पदाधिकारी

अध्यक्ष ओमबहादुर घर्ती मगर, उपाध्यक्ष युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, विश्वदीप लिङदेन, महामन्त्री रामजी कोङरेन, मनहरि श्रेष्ठ, जगतबहादुर बराम, सहमहामन्त्री दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोजसिंह दनुवार र तेजबहादुर धिमाल ।

केन्द्रीय सदस्य

कोशी प्रदेश

पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदारसिं गुरुङ, शिला तामाङ, प्रतीक्षा राई, लोकबहादुर समालमगर, सुबास लिम्बु, हरिदेवी भुजेल, भगीमान गुरुङ, सुनिता कुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा, खिम तामाङ ।

मधेश प्रदेश

अमिर लामा मोक्तान, प्रतीक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिलबहादुर गोले, जंगबहादुरदास थारु, विजयकुमार मंडल, चन्दा लामा, चन्द्रिकाकुमारी मगर ।

बागमती प्रदेश

तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुनकुमार गुरुङ, सानुराम घले, मोहनकुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, साबित्री थापा मगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, हीरालाल शाक्य, इन्द्रमाया लामा, योमाया तामाङ, ठाकुर कुमाल, सरिता राना थापा मगर, मोहनलाल तामाङ, आकाश लामा, महेन्द्र थापा मगर, चन्द्रकुमार तामाङ, राजुकुशुम लामा, बाबुराम तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, प्रेमकुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ, विजय लामा ।

गण्डकी प्रदेश

रेनुका काउछा मगर, राजु गुरुङ, माया राना मगर, देवकुमार मानन्धर, बिक्रमबहादुर सारु मगर, गौमाया खण्डलुक मगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजंग घर्ती मगर, खेमबहादुर गुरुङ ।

लुम्बिनी प्रदेश

टोपबहादुर थापा मगर, सावित्रा राना मगर, सीता श्रेष्ठ, थानबहादुर कुँवर मगर, रुपमाया पुन, टिचन गुरुङ, खगेश्वर थापा मगर, रामबहादुर राना मगर, होमबहादुर शेरचन, प्रमोदबहादुर श्रेष्ठ ।

कर्णाली प्रदेश

हस्त पुन मगर, नन्दबहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गाकुमारी श्रेष्ठ, तिलक मर्साङ्गी मगर, मानबहादुर बुढा मगर, अमरबहादुर रौका मगर, बलिमाया बुढा मगर, भदे बुढा मगर, प्रेमबहादुर राम्जाली मगर, पवित्रा थापा मगर पुन, धनबहादुर घर्ती मगर, निमा छिरिङ ।

सूदुरपश्चिमाञ्चल प्रदेश

बासुदेवसिंह ऐतवाल, खड्गबहादुर बुढा मगर, बसन्तीदेवी थापा मगर, संजयकुमार बैध ।

१५ पदाधिकारीसहित १०८ सदस्सीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै भव्यताका साथ महाधिवेशन सम्पन्न भएको छ ।

जय नेपाल ।

……………………..
विनोदकुमार गुरुङ
संयोजक
केन्द्रीय निर्वाचन समिति ।

Published : Saturday, 2024 June 29, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया