लामो रुटमा चलाउन सकिने २५ सिटको विद्युतीय बस, सुविधा र मूल्य कति पर्छ ?

काठमाडौं । भेन्चे ब्राण्डको विद्युतीय यात्रु बाहक बस नेपालको सडकमा गुड्ने गरेर ल्याउन लागिएको छ ।

२२ देखि २५ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस दशैंभित्र नेपालमा भित्रिने छन् । एक पटक फुल चार्ज गरेपछि बस ३ सय किलोमिटर गुड्ने नारायणी अटो बिज्नेस बालकुमारी, ललितपुरले जनाएको छ ।

बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहनेछ । गाडीमा १ सय २३ किलोवाट आवरको ब्याट्री जडान छ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न विद्युतीय बस यात्रुको सुविधानलाई ध्यान दिइएको छ ।

यो विद्युतीय बसमा एयर कण्डिसन र सबैखालको सेफ्टी पनि रहेको छ । १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय बस नेपालमा पहिलो पटक ल्याउन लागिएको छ ।

यो विद्युतीय बस बुकिङ गर्नको लागि नारायणी अटो बिज्नेस बालकुमारी, ललितपुरले ९८०११५६७७७ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रिबुकिङ गर्नेले विद्युतीय बस ८९ लाख ९० हजारमा पाउनेछन् । त्यसपछि मूल्यमा केही वृद्धि हुनेछ ।

विद्युतीय बसको मूल्य निर्धारण हुन बाँकी छ । अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने छन् ।

Published : Tuesday, 2024 July 2, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया