मिष्टर नेपालको अडिसन झापाबाट सुरु हुने

काठमाडौं । रियलमी ‘मिष्टर नेपाल २०२४’को पहिलो चरणको अडिसन झापाबाट सुरु हुने भएको छ ।

आयोजक नेक्स्ट मोडल्स नेपालले विज्ञप्ति जारी गर्दै असार २१ गते झापाबाट प्रतियोगिताको अडिसन सुरु हुन लागेको जनाएको छ ।

दोस्रो अडिसन बिराटनगर जुलाई ६, तेस्रो जनकपुरमा जुलाई ७, चौथो हेटौडा जुलाई ८, पाँचौ चितवन जुलाई ९, छैठाँै बुटवल जुलाई १०, सातौं नेपालगञ्ज जुलाई ११, आठौं धनगढी जुलाई १२, नवाँै पोखरा जुलाई १३, दशौँ काठमाडौंमा जुलाई २० मा आयोजना हुनेछ ।

१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यलय वा सामाजिक संजालबाट समेत प्राप्त गर्न सकिनेछ ।

देशभर छरिएर रहेका युवालाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाई छ ।

प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्चमाथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगदर पुरस्कारर बिभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।

Published : Thursday, 2024 July 4, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया