फिल्म फेस्टिवलमा प्रदीप र मिरुना उत्कृष्ट

काठमाडौंं । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता÷अभिनेत्री २०२४ घोषित भएका छन् ।

बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’मा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता चुनिदा मिरुनाले ‘जारी’ फिल्मबाट उत्कृष्ट अभिनेत्री ठहरिएकी हुन् ।

नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सिटी सिनेमा कोशी प्रदेश विराटनगरमा बुधबार साँझ सम्पन्न फेष्टिवलमा बेष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गीय चेतन गुरुङ, बेष्ट माउन्टने फिल्म ‘प्रेम गीत ३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल्म ‘जारी’, सर्वाेत्कृष्ट अन्तराष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले हात पा¥यो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गरे ।

फेष्टिवलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेश गरि ५ देशबाट जम्मा ४३ चलचित्र प्राप्त थिए ।

फिचर, डकुमेन्ट्री, सर्ट मूभी गरी ५ देशका २४ चलचित्र महोत्सवमा सहभागी थिए ।

पर्यटन, कल्चर, माउण्टेन र पर्यावरणसँग सम्वन्धित वा ती विषयवस्तु समेटिएका चलचित्रहरूमात्र फेस्टिवलमा सहभागी गराइएको फेष्टिभवलका चियरमेन तथा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए ।

चलचित्र विकास वोर्डको सहकार्यमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएको फेष्टिवलेले नेपाली कलासंकृति तथा पर्यनटका विकास बिस्तारमा टेवा पुग्ने फेष्टिवलका निर्देशक अरुणकुमार प्रधानले बताए ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाल अध्यक्ष दयाराम पाण्डे, निर्देशक तथा इनास नेपाल च्याप्टरका उपाध्यक्ष ऋषि लामिछाने, निर्देशक समाजका कोशाध्यक्ष समुन्द्र भट्ट, निर्देशक कमल एक्चै मगर, निर्देशक समाजका सदस्य सत्यराज चौलागाईं, पर्शुराम चौधरी, फिल्म निर्माता चिरञ्जीवी बस्नेत, केशव रायमाझी, चलचित्र विकास वोर्ड आदिवासी, जनजाति, मातृभाषा प्रवर्द्धन समिति–संयोजक ज्योतिराज राई, गायक श्रीकृष्ण लुइटेल, रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

‘चलचित्र सम्मान २०२४’बाट फिल्म निर्माता निर्देशक सन्तोष सेन, ओएसार डिजिटलका संचालक ओम अग्रवाल सम्मानित भए ।

अभिनेता सुवास मेचे, निर्देशक ईन्द्र परियार, अभिनेत्री निलम खवास, अभिनेता राजेन्द्र भगत, सारदा शाक्य अभिनेत्री, अभिनेता सानुबाबा सुब्बा, एक्सन निर्देशक हेमनारायण राजबंशी, निर्देशक दीपनरायण रजबंशी, अभिनेत्री रेनु चौधरीले प्रदेश कलाकार सम्मान प्राप्त गरेका छन् ।

अनुज सापकोटा, वीरेन्द्रकुमार शाह, सुमन भट्टराईले कदरपत्र प्राप्त गरेका छन् । फेष्टिवलले आगामी वर्षमा पनि निरन्तरता पाउने आयोजकले कार्यक्रममा जानकारी दिएको थियो ।

Published : Thursday, 2024 July 4, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया