काठमाडौंमा यमुना सहकारीका अध्यक्ष उप्रेती पक्राउ

काठमाडौं । प्रहरीले ठगी अभियोगमा सहकारी संचालक ६५ वर्षीय कृष्णबहादुर उप्रेती (केबी उप्रेती)लाई पक्राउ गरेको छ ।

काठमाडौंको सुकेधारास्थित आईडियल यमूना हाम्रो वहुउदेश्यीय सहकारी संस्था लिमिटेडका उप्रेतीले ९ करोड भन्दा धेरै रकम अपचलन र ठगी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उप्रेती दोलखाको मान्दु– ८ स्थायी वतन भई हाल काठमाडौंको सुकेधारास्थित आईडियल यमुना बहुदेश्यीय सहकारी संस्था लि.का सञ्चालक थिए ।

डासुराम शर्मा समेत ६५ जना बचतकर्ताहरूको ९ करोड २ लाख ६९ हजार ६ सय ६४ रुपियाँ अपचलन गरी ठगी गरेको भनि प्रहरी वृत्त महाराजगंजमा जाहेरी परेको थियो ।
अध्यक्ष उप्रेतीसमेत १२ जनाविरुद्ध ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ अनुमति जारी भएकोमा अध्यक्ष उप्रेतीलाई पक्राउ गरिएको प्रहरीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सहकारी संस्था (हाम्रो सगरमाथा, आईडियल यमूना, नागरिक कल्याण, तपाई हाम्रो र घेदुङ वहुउदेश्यीय सहकारी संस्था) ५ वटा संस्था एकीकृत भई आईडियल यमूना हाम्रो वहुउदेश्यीय सहकारी संस्था लि. कायम भएको थियो ।

Published : Thursday, 2024 July 4, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया