लालिगुराँस नगरपालिकामा आमाको हत्या

फिदिम । आमाको हत्या गरेको अभियोगमा प्रहरीले तेह्रथुम जिल्लामा २३ वर्षीय दीपक नेपालीलाई पक्राउ गरेको छ ।

आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका–८ सोल्मा, तेजेन्द्र चोक बस्ने दीपकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

Published : Friday, 2024 July 5, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया