कोटिहवामा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु, २ जना घाइते

भैरहवा । रुपन्देही जिल्लामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने २ जना घाइते भएका छन् ।

तिलोत्तमा नगरपालिका–१५ कोटिहवा न्यू तिलोत्तमा मार्बलस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ भएको दुर्घटनामा भारतको महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसियाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मधेसियाको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना उपचारको लागि भारततर्फ गएको बताइएको छ ।

Published : Monday, 2024 July 8, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया