घोराहीमा च्याउको तरकारी खाँदा राधा पुन गम्भीर बिरामी

घोराही । जंगली च्याउको तरकारी खाँदा दाङ जिल्लामा १८ वर्षीया राधा पुन गम्भीर बिरामी परेकी छिन् ।

सोमबार बिहान ११ बजे घोराही उप–महानगरपालिका वडा नं.१५ बस्ने देबेन्द्र पुनकी छोरी राधा पुनले घर नजिकैको जंगलबाट च्याउ ल्याई तरकारी पकाएकी थिइन् ।

च्याउको तरकारी घरका ४ जनाको परिवारले खाएको थियो । अन्य ३ जनालाई केही भएको छैन । च्याउको तरकारी खाँदा राधा पुन बिरामी भएको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिरामी भएकी राधा पुनलाई साते ३ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याई उपचार भइरहेको छ ।

Published : Monday, 2024 July 8, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया