रातोपुल मर्मत, हाइड्रोमा ज्यान गुमाएका र घाइतेलाई क्षतिपूर्तिको व्यवस्था गरेका छौँ : बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले बाढीले क्षति गरेको सिन्धुपाल्चोकको रातोपुललाई मर्मत सम्मभार गरिएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बस्नेतले सुरक्षा निकाय लगायत सरोकारवालाहरूलाई आफूले लगेर पुलको मर्मत गरिएको बताए ।

उनले भने, ‘सिन्धुपाल्चोक जिल्ला पनि हरेक वर्ष क्यालेन्डरमा राखे जस्तो गरि कतैन कतै बाढीपहिरोले नोक्सान गरिरहने ठाउँ नै हो ।’

‘सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित रातोपुल थियो चनौटे भन्ने ठाउँमा ३ वर्ष अगाडिको भिषण वर्षाबाट आएको बाढीपहिरोका कारण बगाइसकेको थियो’, उनले भने, ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मैले अनुरोध गरेर नेपाली सेनामार्फत त्यो पुल बनाएको थिएँ । त्यो पुनल बगिसकेको अवस्था हो ।’

सांसद बस्नेतले भने, ‘सरोकारवाला निकायलाई लिएर गएँ । म त्यहाँ तुरुन्त गएँ र त्यो रातोपुललाई जाली हारेर आएका छौँ ।’

‘फड्के भन्ने ठाउँमा पनि अस्थायी पुल बगाएको छ । त्यहाँ अस्थायी पुल राख्न सक्ने अवस्था नरहेको कारणले समस्या भएको छ’, उनले भने ।

‘सरकार र हामी माननीयज्यू पनि अब यो विपत् धेरै पर्न थालेपछि बरु आ–आफ्नो ठाउँमा त्यहाँ जाँदा संसदमा गयल पर्ने दिनको नगराइदिन सचिवालयलाई पनि जानकारी दिन या सरकारको सहयोग पनि लिने त्यहाँ खट्ने व्यवस्था भयो भने क्षति कम हुने अवस्था आउँछ’, उनले भने ।

सांसद बस्नेतले भोटेकोशीमा रहेको हाइड्रो पावरमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारका लागि व्यवस्था गरिएको बताएका छन् ।

‘भोटेकोशीमा हाइड्रो पावरको सल्याब खसेको कारणबाट दुई जनाको मृत्यु भइ नै सक्यो । मृतकको परिवारलाई, हाइड्रो पावरवालाहरूलाई बोलाएर मृतकको परिवारलाई २७ लाखको दरले पैसा दिने । त्यसपछि क्षतिपूर्ति दिने । त्यसपछि उनीहरूको बच्चाहरूलाई सबै पढाइ फ्रि गरिदिने’, उनले भने ।

‘मृतकको परिवार एकजना बराबर जागिरको रुपमा प्रोजेक्ट रहँदासम्म दिने मृतकको परिवारलाई दिने सहमति भएको छ’, सांसद बस्नेतले भने, ‘घाइतेहरूलाई पनि पूर्णरुपमा उपचारको व्यवस्था गरिदिने । उनीहरू उपचार भएपछि काममा लगाउने व्यवस्था भइसकेको छ ।’

Published : Tuesday, 2024 July 9, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया