छाउपडीविरुद्ध कांग्रेस, एमाले र माओवादीका महिला नेतृहरूले सशक्त अभियान चलाउने

काठमाडौं । छाउपडी प्रथाका कारण सुदूरपश्चिम प्रदेशमा अझै पनि महिलाहरूले हिंसा व्यहोर्नु परिरहेका बेला महिला नेतृत्वहरूले गम्भीरता देखाएका छन् ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा बसेका महिला नेतृ, सांसद र पूर्वसांसदहरूको बैठकमा कुप्रथाका रुपमा रहेको छाउपडीको अन्त्यका लागि पहल गर्ने सहमति गरेका छन् ।

नेपालमा महिला हिंसा तथा कुप्रथा उन्मूलनबिरुद्ध एक भएर जाने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का महिला नेतृहरूको बैठकले छाउपडीबाट सुदूरपश्चिमका महिलाले निकै कठिनाइ भोग्नु परेको भन्दै चिन्ता जनाएका छन् ।

कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले छाउपडी जस्तो कुप्रथाबाट महिलाहरूले हिंसा व्यहोर्नु परेको भन्दै यसका विरुद्ध सशक्त रुपमा आवाज उठाउनुपर्ने समय आएको बताएकी छिन् ।

केही हप्टा अगाडि सुदूरपश्चिममा एक महिलाले छाउपडीको कारण हिंसा व्यहोर्नु परेको थियो भने ती महिलाको ज्यान समेत गएको थियो ।

Published : Wednesday, 2024 July 10, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया