झलनाथ खनालको सर्पले एमालेका रेवती र विजय कुमारसहित धेरैलाई भ्रष्टाचारी बनायो

काठमाडौं । विशेष अदालतले सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार भएको ठहर गर्दै मधेश प्रदेशका तत्कालीन समयमा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारसहित ५ जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।

अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले असार २१ गते विजयसहित ५ जनालाई दोषी ठहर गरेको हो । उनीहरूलाई जनही ८ वर्ष कैद सजायको फैसला गरेको छ ।

तत्कालीन समयमा एमालेमा रहेका बेला पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक शक्तिको चरम दुरुपयोग गरेर सर्प पालन गर्न आफ्नै नाममा ‘झलनाथ स्वास्थ्य विज्ञान प्रतिष्ठान’ खोलेका थिए । प्रतिष्ठानलाई पूर्वप्रधानमन्त्री खनालले ७० करोड समेत दिएका थिए । खनालको त्यस बेला साह्रै आलोचना भएको थियो । अहिले आएर प्रतिष्ठानको नाममा भ्रष्टाचार र अनियमितता भएको पुष्टि भएको छ । कम्युनिस्टहरू कति भ्रष्ट हुन्छन् भन्ने कुरा प्रमाणित भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट मधेश प्रदेश सरकारमा तत्कालीन समयमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका विजय कुमार पनि कति भ्रष्ट छन् भन्ने पुष्टि भएको छ ।

एमालेका नेता समेत रहेका प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

अदालतले दोषी ठहर भएका पाँचै जनालाई १७ करोड ९८ लाख ३३ हजार रुपियाँ जरिवाना र ११ करोड ७६ लाख ४६ हजार ८ सय ४० रुपियाँ असुल गर्न पनि आदेश दिएको छ ।

अदालतले विजय कुमारलाई मन्त्रीको हैसियतमा बसेर भ्रष्टाचार गरेको ठहर गर्दै थप १ वर्ष १ महिना सजाय हुने फैसला सुनाएको छ ।

चार प्रतिवादी पन्त, नवराज भण्डारी, निरज भण्डारी र रायलाई जनही ३ करोड ५९ लाख ६६ हजार ६ सय रुपियाँ जरिवाना र जनही २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपियाँ असुलउपर गर्ने सजाय गरेको छ ।

अदालतले उपचार केन्द्र स्थापनाका लागि किनिएको ८ बिघा ९ कट्ठा ६.३३ धुर जग्गा पनि जफत गर्न आदेश गरेको छ ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले सफाइ पाएका छन् ।

एमालेको सर्लाही जिल्लाको अध्यक्ष रहेका बेला रेवती पन्तले निकै ठूलो घोटाला गरेका छन् । झलनाथ खनाल र रेवती पन्तबीच बाबुछोराको जस्तो सम्बन्ध छ ।

Published : Wednesday, 2024 July 10, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया