मिस एण्ड मिसेज डिश्याबिलिटी क्विन निर्भला र कौशिला घोषित

काठमाडौं । ‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२४’को उपाधि निर्भला भण्डारी र कौशिला विष्टले जितेका छन् ।

काठमाडौं काडाँघारीकी भण्डारीले मिस र सुदूरपश्चिमकी विष्टले मिसेसतर्फको शीर्ष उपाधि हात पारेकी हुन् । प्रतियोगितामा हेटौँडाकी रोजिना स्याङ्तान फष्टरनरअप र दोलखाकी निर्माया मगर सेकेन्ड रनरअफ भए ।

प्रतियोगितामा दर्जन बढी सव–टाइटल समेत वितरण गरिएको छ । शोभा श्रेष्ठले बेष्ट पपमेन्स, बिनु थापाले मष्टपपुलर, रेवती कार्कीले मष्ट ट्यालेन्ट, निर्मला भण्डारीले बेष्टपर्सनालिटी, सानुकांची तामाङले मष्ट इस्पाइरिङ, मैया बिसुंखेले बबली पर्सनालिटी, निर्माया मगर बेष्ट स्क्रिन, उमा भुजेलले बेष्ट डिसिप्लेन, सुनमाया माभीले मष्ट हम्बल, राजिता खड्काले बेष्ट स्माइल, मीना मगरले मष्ट चार्मिङ, रोशनी थापाले मोष्ट ब्यूटिफुल, बुद्धीकुमारी यारीले मष्ट अमेजिन, शोभा थापा मगर मोस्ट ग्लयामर, कौशिला बिष्टले मस्ट कन्फिडेन्ट, अस्मिता पौडेलले मोस्ट फोटोजेनिक, सम्झना भुजेलले मोस्ट फ्रेन्ड्ली र रोजिना स्याङ्तानले बेस्ट हेयरको उपाधि हात पारेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको क्षमता साथै उनीहरूमा लुकेर बसेको प्रतिभालाई समाजमा उजागर गर्दै अगाडि बढ्न प्रेरणा र हौसला प्रधान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था ग्रिन आर्ट मिडियाकी निर्देशक तथा प्रतियोगिताकी कोरियोग्राफर अनिला श्रेष्ठले बताइन् ।

Published : Wednesday, 2024 July 10, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया