प्रहरीले ढुङ्गासहितको पहिरो हटाएपछि कागवेनी-मुक्तिनाथ सडक सुचारु

जोमसोम । मुस्ताङ जिल्लामा खसेको पहिरोलाई प्रहरी आफै खटिएर हटाइ सवारी आवागमन सुचारु बनाएको छ ।

साउन १ मंगलबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ सेल्फीडाँडास्थित कागवेनीदेखि मुक्तिनाथ जाने सडक खण्डको घुम्तीमा माथिबाट ढुङ्गा झरेर बाटो अब्यवस्थित भएको थियो । सडकमा ढुङ्गा खसेर सवारी आवागमन प्रभावित बनेपछि प्रहरीको टोली खटिएर ढुङ्गा पन्छाएर सडक सुचारु गराएको हो ।

प्रहरी चौकी कागवेनीबाट टोली गई ढुङ्गा पन्छाई सडक सुचारु गराएको जिल्ला प्रहरी कार्यालय मुस्ताङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2024 July 16, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया