सहकारी ठगका आरोपी रवि लामिछानेलाई सफाइ दिने प्रचण्डका पोखरेलले दिए राजीनामा

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका निवर्तमान गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘सफाइ’को पत्र दिने महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकटका पोखरेलले मंगलबार पदबाट राजीनामा दिएका हुन् । पोखरेललाई निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली नियुक्त भएपछि पोखरेलले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार पद हो ।

लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए ।

Published : Tuesday, 2024 July 16, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया