भाडाका टट्टुहरूले मेडिकल माफिया ‘दुर्गा प्रसाइँ ! जिन्दावाद’काे नारा लगाए

काठमाडौं । मेडिकल माफियाको आरोप खेप्दै आएका व्यवसायी दुर्गा प्रसाइँले भाडाका टट्टुहरू ल्याएर ‘दुर्गा प्रसाइँ ! जिन्दावाद’ भन्ने नारावाजी गराएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर झापा घोषणा पत्र सार्वजनिक गर्ने क्रममा प्रसाइँको तलब खाने केटाहरूले ‘दुर्गा प्रसाइँ ! जिन्दावाद’भन्दै नारावाजी गरेका थिए ।

‘नागरिक बचाउ महाअभियान’को संयोजक रहेका प्रसाइँले आफूलाई कति बेला पनि प्रहरीले पक्राउ गर्ने र त्यसका लागि तयारी अवस्थामा रहेको बताए । उनले प्रधानमन्त्री केपी ओलीविरुद्ध जथाभावी अभिव्यक्ति दिएका छन् ।

नारावाजी गर्ने युवकले प्रसाइँले दिएको कार्ड लगाएको देखिएको थियो । ती युवक प्रसाइँको अंगरक्षक हुन् ।

मेडिकल माफियाको आरोप खेप्दै आएका प्रसाइँले अराजक गतिविधि र हर्कत गरेर सर्वसाधारण जनतालाई भ्रममा पार्दै आएका छन् ।

Published : Tuesday, 2024 July 16, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया