७० वर्षीय वुद्ध बाबुलाई छोराबुहारीले जंगलमा छाडेर भागे, ४ दिनपछि उद्धार

विराटनगर । मोरङको बेलबारी चारकोसे झाडीमा फेला परेका वृद्ध ७० वर्षीय जामुनलाल झांगडको उद्धार गरिएको छ ।

वन हेरालुहरुले मंगलबार बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका झांगडलाई उद्धार गरिएको हो ।

झांगड कसरी बीच जंगलमा आइपुगे भन्ने यकिनसाथ भन्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख (एसपी) नवराज कार्कीले बताएका छन् ।

वनका पदाधिकारीले प्रहरीलाई झांगड जंगलको बीच भागमा फेला परेको बताएका छन् । प्रहरीले तत्काल झांगडको उद्धार गरेको थियो । झांगडको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

झांगडले ४ दिनअघि आफूलाई छोराबुहारीले जंगलमा ल्याएर छाडिएको बताएका छन् । वन समितिका अध्यक्ष दिनेश गिरीले भने, ‘त्यहाँबाट उद्धार गरेर वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ । शरीरको भागमा चोट देखिएको र वहाँ धेरै बोल्न सक्नु हुँदैन् ।’

Published : Tuesday, 2024 July 16, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया