सामाजिक सञ्जाल अत्यधिक दुरुपयोगबारे काउन्सिल अध्यक्ष बस्नेतद्वारा बिकल्प खोज्न प्रस्ताव

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने बताएका छन् ।

अहिले नकरात्मक धार फितलो हुँदै गएको उल्लेख गर्दै बस्नेतले सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिता आवश्यक रहेको बताए ।

‘नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको पनि छ’, अध्यक्ष बस्नेतले भने, ‘पत्रकारितालाई सही बाटो हिडाउँन प्रश्नसँगै समाधानका विकल्पहरूमा समेत बहस थाल्न जरुरी छ ।’

अध्यक्ष बस्नेतले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकारितालाई सही बाटो हिडाउँन विकल्पहरूमा बहस आवश्यक रहेको बताए ।

पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनको लागि सक्रियता देखाएको छ ।

युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका मिडियामाथि समेत प्रेस काउन्सिलले कडा निगरानी गरिरहेको छ ।

Published : Tuesday, 2024 July 16, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया