भक्तपुर कांग्रेसका सभापति एवम् सांसद थापालाई मातृशोक

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभाका सांसद दुर्लभ थापालाई मातृशोक परेको छ ।

सांसद थापाकी ८३ वर्षीया आमा अम्बिका थापाको निधन भएको छ । भक्तपुरको मध्यपुर अस्पतालमा आमा अम्बिका थापाको असार २७ गते बिहान ७ बजे निधन भएको नेपाल तरुण दलका केन्द्रीय सदस्य राजु थापाले बताए ।

स्व.अम्बिका थापाका ३ जना छोराहरू दुर्दम थापा, दुर्लभ थापा र प्रकाश थापा तथा छोरी शकुन्तला थापा रहेका छन् ।

मातृशोकमा रहेका सांसद थापाकी आमाप्रति श्रद्धाञ्जलि व्यक्त कांग्रेसका नेता कार्यकर्ताहरू भक्तपुरको सल्लाघारीस्थित निवासमा आउने गरेको तरुण केन्द्रीय सदस्य राजु थापाले बताए ।

उनले भने, ‘कांग्रेसका नेता कार्यकर्ता र विभिन्न व्यक्तिहरू आएर सभापति एवम् सांसद दुर्लभ थापाको आमाप्रति श्रद्धाञ्जलि दिने गर्नुभएको छ ।’

Published : Wednesday, 2024 July 17, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया