पालेको कुकुर मारेको झोँकमा छोराद्वारा बुबाको हत्या

कावासोती । नवलपुर जिल्लामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको जनाएको छ ।

आफ्नै ४३ वर्षीय बुवाको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका–५ ठकुरी चोक बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

आफूले पालेको कुकुर बुवाले मारेको भन्ने विषयलाई लिएर झै–झगडा हुँदा ती किशोरले ढुङगा प्रहार गर्दा उनको बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको छ ।

Published : Wednesday, 2024 July 17, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया