निगमले बुझायो सञ्चय कोष र लगानी कोषलाई ४३ करोड

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण भुक्तानी गरेको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरेर ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपियाँ ऋण भुक्तानी गरेको जनाएको छ ।

२ न्यारोबडी र २ वाइडबडी जहाजको असार मसान्तसम्मको ऋण भुक्तानी गरिएको छ ।

व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ असारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपियाँ किस्ता रकम भुक्तानी गरिसकेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई हर्जाना छुट गर्न अनुरोध गरिएको जनाएको छ ।

Published : Thursday, 2024 July 18, 7:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया