पत्नी र छोरी मिलेर जंगबहादुरको हत्या

ईश्वरपुर । सर्लाही जिल्लामा हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका–१३ आलेटोल बस्ने ५९ वर्षीया जंगलबहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शीतल लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगलबहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका थिए ।

हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

Published : Thursday, 2024 July 18, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया