ललितपुरमा ९ वर्षीया बालिका करणी गर्ने खत्री पक्राउ

ललितपुर । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २६ वर्षीय नरबहादुर खत्रीलाई पक्राउ गरेको छ ।

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङको केपीलासगढी गाउँपालिका–५ घर भएका खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

खत्रीले ती बालिकालाई ललाई फकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाईनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले खत्रीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 July 18, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया