प्रतिव्यक्ति यौनसम्पर्क गरेको ५ सय, दुई जना सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्ट हाउस सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा २ जना गेष्ट हाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ ठेगाना भएका ३२ वर्षीय नवीन थापा र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेको विज्ञप्तिमा उल्लेख छ ।

गेष्ट हाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।

आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको, शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति ५ सय रूपियाँ दिने भनी प्रलोभन देखाई रकम समेत नदिई प्रति ग्राहक ४/५ हजार रूपियाँसम्म लिने गरेको तथा शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथीहरूलाई भनिदिने भनि डर त्रासमा पारी वेश्यावृत्तिमा लगाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Friday, 2024 July 19, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया