तुलसीपुरमा करणी गर्ने जगत रावत पक्राउ

घोराही । जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एकजना पक्राउ परेका छन् ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ राजापुर बस्ने सल्यानको त्रिवेणी गाउँपालिका–४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Saturday, 2024 July 20, 12:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया