एसपी, डीएसपी र ईन्स्पेक्टरहरूकाे काज सरुवा

काठमाडौं । नेपाल प्रहरी नक्सालले एसपी र ईन्स्पेक्टरहरूकाे काज सरुवा गरेको छ ।

प्रहरी मुख्यालय नक्सालकाे सूचनाअनुसार एसपी अपीलराज बाेहराकाे राजमार्ग सुरक्षा व्यवस्था तथा ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा काज सरुवा भएकाे छ । बीरेन्द्रबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय तनहँमा काज सरुवा भएकाे छ ।

एसपी रामप्रकाश शाहलाई राष्ट्रिय सुरक्षापरिषदकाे सचिवालय सिंहदरबारमा काज सरुवा भएको छ । एसपी रमेश थापाकाे अन्वेषण निर्देशनालय नक्साल र हरिनाथ याेगीकाे जिल्ला प्रहरी कार्यालय उदयपुरमा काज सरुवा भएको छ ।

पाेखराकाे बैदाममा डीएसपी सन्तोष निरौला, रौतहटकाे चपुरमा राजकुमार राई, जिल्ला प्रहरी कार्यालय भोजपुरमा युवराज तिमिल्सिना र मोरङकाे पथरीमा मोहनबिक्रम दाहालकाे काज सरुवा भएको छ ।

त्यसैगरी ईन्स्पेक्टर उपेन्द्र बुढाथोकीकाे जमुनाहा बाँके, राजन खड्काकाे गोङ्गबु बसपार्क, दिनेश गुरुङकाे एक नम्बर गणमा काज सरुवा भएकाे छ ।

Published : Saturday, 2024 July 20, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया