गृहमन्त्री लेखकद्वारा सशस्त्र प्रहरी बलको मुख्यालयको अवलोकन, सशस्त्र प्रहरीको कामको प्रशंसा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

शुक्रबार गृहमन्त्री लेखकले काठमाडौंको स्वयम्भुस्थित हलचोकमा रहेको प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका हुन् । सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले गृहमन्त्री लेखकलाई बिफ्रिङ गर्नुका साथै सशस्त्र प्रहरी बलबाट भइरहेका गतिविधिबारे जानकारी गराएका छन् ।

प्रधान कार्यालयस्थित केन्द्रीय परिचालन कक्ष, सीमा स्रोत र अनुसन्धान केन्द्र बल तथा एपीएफ संग्राहलय तथा विपद् उद्धार सामग्रीहरूको अवलोकन गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधिहरूको समेत प्रस्तुतीकरणमार्फत गृहमन्त्री लेखकले जानकारी लिएका छन् ।
अवलोकन भ्रमणपछि गृहमन्त्री लेखकले निर्देशन दिँदै सशस्त्र प्रहरी बलले गरेको विपत व्यवस्थापन, उद्धारका साथै सीमा क्षेत्रमा गरिरहेको जिम्मेवारीको प्रशंसा गरेका छन् ।

Published : Saturday, 2024 July 20, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया