सभापति देउवाद्वारा लेखकको पदमा घिमिरेलाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतकमा श्यामकुमार घिमिरेलाई मनोनयन गरेका छन् ।

सभापति देउवाले प्रतिनिधि सभामा प्रमुख सतेकमा घिमिरेलाई मनोनयन गरेको निजी सचिव केशवराज जोशीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बनेपछि प्रमुख सचेतक पद रिक्त रहेको थियो । लेखक असार ३१ गते गृहमन्त्री भएका हुन् ।

सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०४७) को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य घिमिरेलाई प्रमुख सचेतक पदमा मनोयन गरेका हुन् ।

Published : Saturday, 2024 July 20, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया