दुधकोशीमा पाहुना आएका भिनाजुको हत्या

दुधकोशी । खुकुरी प्रहरी गरी हत्या गरेको अभियोगमा सोलुखुम्बुमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

थुलुङ दुधकोशी गाउँपालिका–१ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका–२ देवीस्थान बस्ने ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । हत्याको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Saturday, 2024 July 20, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया