पोखरामा स्कुटरको डिक्कीभित्र पैसा, दुई जना पक्राउ

पोखरा । स्रोत नखुलेको नगदसहित जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१ जौबारीबाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ५ सय रूपियाँ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२२ पुम्दीकोट बस्ने ४० वर्षीय खेमबहादुर परियार र माछापुच्छ्रे गाउँपालिका–६ धिताल बस्ने ४० वर्षीय मनबहादुर तामाङ रहेका छन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले हेम्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१६ प ४०११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्कीभित्र राखेको उक्त नगद फेला पारी स्कुटरमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

Published : Saturday, 2024 July 20, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया