मुस्ताङमा माटोको ढिस्कोमा पुरिएर दाङ र सर्लाहीका २ जनाको मृत्यु

जोमसोम । माटोको ढिस्कोमा मुरिएर मुस्ताङमा दाङ र सर्लाही जिल्ला घर भएका दुई जनाको मृत्यु भएको छ ।

घरपझोङ गाउँपालिका–५ धुम्बा तालस्थित निर्माणाधीन कुछप तेरङ्गा गुम्बाको ढल व्यवस्थापनको लागि नाली बनाउन ट्रयाक खन्ने क्रममा माथिबाट सुख्खा माटोको ढिस्कोले पुरिएर २ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माटोको ढिस्कोले पुरिएर सर्लाहीको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय कान्छा भन्ने होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ गोबरडिया बस्ने ३० वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको छ ।

माटोको ढिस्कोमा ३ जना कामदार पुरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो ।

Published : Saturday, 2024 July 20, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया